पोखरामा ट्रयाक्टर दुर्घटनामा परेर एक जनाको ज्यान गयो

 माघ ११, २०७९ बुधबार १८:३७:१३ | सागर राज तिमिल्सिना
unn.prixa.net

साङ्केतिक तस्बिर

कास्की – पोखरा महानगरपालिका–३३ चवादीको भित्री कच्ची सडकमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

पोखरा–३३ को चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग १ त ६६६४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकमा पल्टँदा ट्रयाक्टरमा सवार ६३ वर्षीय नलप्रसाद लामिछानेको ज्यान गएको छ । 

पल्टिएको ट्रयाक्टरले च्यापिएर घाइते भएका लामिछानेको उपचारका क्रममा ज्यान गएकाे गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनुभयो । घटनापछि ट्रयाक्टर चालक र ट्रयाक्टर प्रहरीको नियन्त्रणमा राखिएको छ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया