टाईगर कप भलिबल प्रतियोगिताको महिलातर्फ उपाधिका लागि दुई विभागीय क्लब एपिएफ र आर्मी खेल्ने

 माघ १२, २०७९ बिहिबार १४:३०:२६ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिताको महिलातर्फको उपाधिका लागि विभायीय क्लब एपिएफ र त्रिभुवन आर्मी खेल्ने भएका छन् ।

आज भएको सेमिफाइनलमा एपिएफले आयोजक गण्डकीलाई र आर्मीले न्यु डायमन्डलाई पराजित गर्दै फाइनलको यात्रा पक्का गरेका हुन् । 

विभागीय क्लब एपिएफले आयोजक गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको पहिलो सेमिफाइनल खेलमा  एपिएफले गण्डकीलाई २५–१३, २५–१७ र २५–२१ ले हरायो । 

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा आर्मीले न्यु डायमन्डलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२३ ले पराजित भएको आर्मीले दोस्रो सेट २५–१३ ले जित्दै खेलमा फर्किएको थियो ।

आर्मीले त्यसपछि तेस्रो सेट २५–२२ र चौथो सेट २५–१२ ले जित्दै फाइनलमा स्थान बनाउन सफल भयो ।

महिला–पुरुष दुवैतर्फ च्याम्पियन टोलीले पाँच–पाँच लाख रुपैयाँ र उपविजेता टिमले समान दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया