सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

 माघ २०, २०७९ शुक्रबार १३:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले दिएको आदेशको कैफियत प्रतिवेदन माग्न सर्वोच्च अदालतबाट आदेश भएको छ।

लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्धको निवेदनमा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो । नाबालिग बालिका बलात्कार गरेको अभियोग लागेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएको थियो।

उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षका लागि थुनामै राख्ने आदेश उल्टाएको थियो । उच्च अदालतको आदेश बेरितको रहेको भन्दै जिल्ला अदालतकै आदेश सदर गर्न माग गर्दै निवेदन दायर भएको थियो । निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुङ्गो नलागेसम्म थुनामै बस्नुपर्ने हुन्छ । लामिछानेविरुद्ध नाबालिग बालिकालाई जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया