जाडोमा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

 माघ ७, २०८१ सोमबार ९:३८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जाडोमा न्यानो बनाउनका लागि प्रयोग हुने विद्युतीय उपकरणको धेरै प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्ने डाक्टरले बताएका छन् ।

प्लास्टिक सर्जन डा.जसवन शाक्यका अनुसार लामो समयसम्म यस्ता उपकरणहरूको प्रयोग गर्दा शरीरमा पानीको कमी हुने र कोठा सुक्खा हुने हुँदा श्वासप्रश्वास र निसासिने लगायतका समस्या देखिन सक्छ ।

विद्युतीय उपकरणहरू हावा ओहोरदोहोर गर्ने ठाउँमा राख्न र उपकरणको प्रयोग बढीमा एक घण्टासम्म मात्र गर्न उहाँको सुझाव छ । साथै दम र एलर्जी भएका व्यक्तिहरूलाई हिटरको प्रयोगले श्वासप्रश्वाससम्बन्धी समस्या थप बढ्न सक्ने उहाँले बताउनुभयो ।

विद्युतीय उपकरणले जलन र दुर्घटनाको जोखिम पनि निम्त्याउन सक्ने भएकाले बालबालिका र जेष्ठ नागरिकलाई यस्ता उपकरणहरूबाट टाढा राख्न उहाँको सुझाव छ ।
 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया