सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - पोखरामा दुर्घटना भएको यती एअरलाइन्सको जहाज अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेलर फेदर (निश्चित डिग्री अनुसार छड्के नभइ ९० डिग्रीमा रहनु) भएर दुर्घटना भएको जाँच आयोगले जनाएको छ ।
माघ १ गते भएको दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको जाँच आयोगले जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्दा प्रोपेलर फेदर नै दुर्घटनाको कारण रहेको देखिएको जनाएको हो ।
आयोगका सदस्य–सचिव बुद्धिसागर लामिछानेले विज्ञप्ति निकालेर जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा जानुको कारणबारे आयोगले प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइसकेको जानकारी गराउनुभएको छ ।
फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको विश्लेषण र अनुसन्धान सिङ्गापुरमा रहेको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेटिभ ब्युरोमा गरिएको हो । छानबिनको अन्तिम प्रतिवेदन आउन समय लाग्ने विज्ञप्तिमा उल्लेख छ । माघ १ गते ६८ जना यात्रु र चालकदलका चार सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरा विमानस्थलको धावनमार्ग नजिकै सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।