आजको मौसम : तराईमा बाक्लो हुस्सु, हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना

 माघ २५, २०७९ बुधबार ७:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – तराईका जिल्लामा आज पनि बिहानैदेखि हुस्सु लागेको छ । केही दिन यता लगातारजसो लागेको हस्सुका कारण जनजीवन प्रभावित भएको छ ।

बिहानदेखि दिउँसोसम्म नै हुस्सु लाग्ने गरेकाले चिसो बढेको छ । आज पनि दिउँसोसम्म नै हुस्सु लाग्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यो हप्ताभरी नै तराईको मौसम यस्तै रहने अनुमान छ ।

मौसमविद्ले तीन दिनको मौसम पूर्वानुमान गर्दै आएका छन् । तराईमा बाक्लो हुस्सुसँगै चिसो हावासमेत चलिरहेकाले तातो न्यानो भएर बस्न मौसमविद्को सुझाव छ ।

यस्तै, आज हिमाली जिल्लाका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । पहाडी क्षेत्रको मौसम भने आज आंशिक बद्ली हुने अनुमान छ । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया