युवाहरुमा ‘भ्यालेन्टाइन डे’ को रमझम (फोटो फिचर)

 माघ २८, २०७९ शनिबार १०:३४:३७ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो । यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ ।  प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई  प्रेम प्रस्ताव राख्ने गर्छन् ।  यतिबेला काठमाण्डौ उपत्यकामा भ्यालेन्टाइन डेको रमझम छ ।

भ्यालेन्टाइन डे इटलीको रोमबाट सुरु भएको मानिन्छ । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको भ्यालेन्टाइन डेको इतिहास सम्झिँदा रोमका एक सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत् गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राटको आदेशलाई एक जना भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङ्घन गरेका थिए ।

एक जना नागरिकले आफ्नो आदेशको उल्लङ्घन गरेको कुरा सम्राटलाई सह्य भएन र ती भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिएको दिन १४ फेब्रुअरीमा संसारमा भ्यालेन्टाइन डे मनाउने प्रचलनको आरम्भ भएको हो । नेपालसहित अहिले विश्वभर नै भ्यालेन्टाइन विक सुरु भएको छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका भ्यालेन्टाइनमय काठमाण्डौका यी दृश्यहरु ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया