वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नमिल्ने सर्वोच्चक...
पुस ४, २०८१ बिहिबार
माेरङ – मोरङमा आउँदो ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने अभियान सुरु हुँदैछ । औषधि खुवाउन झण्डै दुई हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।
मोरङको कुल जनसङ्ख्या ११ लाख २८ हजार रहेकामा ८० प्रतिशत नागरिकलाई औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सुरेश मेहताले जानकारी दिनुभयो । अभियान १४ दिनसम्म चल्ने उहाँले बताउनुभयो ।
गर्भवती, छारेरोग भएका, सात दिनका सुत्केरी, सिकिस्त बिरामीबाहेक दुई वर्षमाथिका सबैले यो औषधि खान हुने डाक्टरले बताएका छन् । हात्तीपाइलेविरुद्धको औषधि खाएपछि केहीमा सामान्य स्वास्थ्य समस्या देखिए केहीबेर आराम गर्न डाक्टरको सुझाव छ । तर, समस्या जटिल बन्दै गए उपचारमा जान डाक्टरको सल्लाह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।