१५ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने अभियान, स्वास्थ्यकर्मीकै अगाडि खानुपर्ने

 फागुन ८, २०७९ सोमबार ८:२७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले ६ वटा प्रदेशका १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । आउँदो ११ गतेदेखि २५ गतेसम्म औषधि खुवाउने अभियान सुरु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा यो अभियान सुरु हुनेछ । यसअघिका अभियानमा धेरैले औषधि नखाइदिने समस्या देखिएकाले यसपालि स्वास्थ्यकर्मी अगाडि औषधि खान भनिएको महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले बताउनुभयो । धेरैले औषधि नै नखाइदिएकाले रोग निवारणमा समस्या भइरहेको उहाँको भनाइ छ ।

हात्तीपाइले शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउनेसरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँदछ र यो रोग सङ्क्रमित लामखुट्टेकाे टोकाइबाट मानिसमा सर्ने गर्दछ । रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने र धेरैजसो सङ्क्रमण लक्षण विनाको हुने भएकाले समुदायका अन्य व्यक्तिहरुलाई समेत रोग सर्ने सम्भावना धेरै हुने डाक्टरहरुको भनाइ छ ।

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगका समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु नहुने महाशाखाले जनाएको छ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया