सरकारले दिने आकस्मिक बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्था खुल्ने

 फागुन १२, २०७९ शुक्रबार १५:२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खोल्नुपर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै सरकारले दिने आकस्मिक बिदाका दिन बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्था खोल्नुपर्ने व्यवस्था गरेको हो । अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएस जस्ता अत्यावश्यक बैंकिङ्ग सेवा नियमित गर्नुपर्ने छ ।  

आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा नियमित गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यसअघि हिजो बसेको मन्त्रिपरिषद् बैठकले पनि बिदाका दिन अत्यावश्यक कार्यालय खोल्ने निर्णय गर्दै कुन-कुन कार्यालय खोल्ने भन्ने निर्णय गर्ने जिम्मा गृहमन्त्रालयलाई दिएको थियो । पछिल्लो समय सरकारले दिने सार्वजनिक बिदा धेरै हुँदा सेवा लिन समस्या भएको सेवाग्राहीले गुनासो गर्दै आएका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया