धनुषाका दिलीप महतोको हत्या अभियोगमा दुई जनालाई २५ वर्ष कैद

 फागुन १२, २०७९ शुक्रबार १७:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धनुषाका पर्यावरण अभियन्ता दिलीप महतोको हत्या अभियोगमा अदालतले दुई जनालाई २५/२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैद र ५/५ लाख रुपैयाँ क्षतिपूर्ति जरिबाना हुने फैसला सुनाएको छ ।

जरिबाना रकम पीडित परिवारलाई दिनुपर्ने अदालतको आदेश छ । मतियारका रूपमा कसुरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद र दुई लाख ५० हजार रुपैयाँ सजाय पनि तोकिएको छ ।

अदालतले यसअघि फागुन ३ गते तीन जनालाई दोषी ठहर गरेको थियो । २०७६ साल पुष २५ गते घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षका दिलीपको हत्या भएको थियो ।

घटनामा संलग्न रहेको अभियोग लागेका सात जनामध्ये चार जनालाई अदालतले सफाइ दिइएको छ । हत्या गरिएका दिलीपका बहिनीहरू सङ्गम र लक्ष्मीले दाइले सुरु गरेको अभियान अघि बढाइरहेका छन् । सङ्गमको अध्यक्षतामा ओमप्रकाश महतो दिलीप पर्यावरण संरक्षण प्रतिष्ठान दर्ता गरिएको छ । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया