चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
गोरखा – यस वर्षको लिगलिगे राजा पर्वतका अनिश थापा भएका छन् ।
लिगलिगकोट विकास अभियानको आयोजनामा भएको नवौं लिगलिगे दौड प्रतियोगिताका विजेता थापालाई पर्यटनमन्त्री रवीन्द्र अधिकारीले श्रीपेच लगाइदिनुभयो । एक सय २२ जनालाई पछि पार्दै नेपाली सेनाका थापाले श्रीपेचसँगै ६० हजार १ सय रुपैयाँ र मेडल पुरस्कार पाउनुभएको छ ।
सम्मानस्वरुप उहाँलाई पालुङ्टार नगरपरिक्रमा गराइएको आयोजक संस्था लिगलिग विकास अभियानका अध्यक्ष पूर्ण रानाले जानकारी दिनुभयो । दौडमा निर्धारीत दूरी ५८.४० मिनेटमा पार गर्दै बाग्लुङका तीर्थ पुन दोस्रो हुनुभयो । नेपाली सेनाका रामजी बस्नेतले ५९.२१ मिनेटमा पार गरी तेस्रो हुनुभयो ।
दोस्रो भएका पुनले ३५ हजार १ सय र तेस्रो भएका बस्नेतले २५ हजार १ सय रुपैयाँ पुरस्कार पाउनुभएको छ । प्रतियोगितामा नेपाली सेनाका कृष्णबहादुर बस्नेत चौथो, सुर्खेतका पवनकुमार ओली पाचौं, नेपाली सेनाका हरिकुमार रिमाल छैटौं, नेपाल प्रहरीका भूमिराज राई आठौं, जुम्लाका धीरबहादुर बुढा नवौं र सशस्त्र प्रहरीका गणेशसिंह ठकुरी दशौं भएका छन् ।
भेट्रानतर्फको दौडमा कीर्तिपुरका धर्म महर्जन पहिलो, ललितपुरका पुष्पलाल श्रेष्ठ दोस्रो र काठमाडौंका बैकुण्ठ मानन्धर तेस्रो भएको स्थानीय सूर्य क्षेत्रीले जानकारी दिनुभयो ।
स्थानीयका लागि भएको प्रतियोगितामा हर्मीका कमल नेपाली पहिलो, हर्मीका सूर्य अधिकारी दोस्रो र खोप्लाङका दीपक नेपाली तेस्रो भएका छन् । स्थानीयतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद २० हजार ५ रुपैयाँ, १२ हजार ५ रुपैयाँ र ७ हजार ५ रुपैयाँ पुरस्कारसहित ट्रफी र मेडल पुरस्कार पाएका छन् ।
त्यस्तै खुल्ला महिलातर्फको ५ किलोमिटर दौडमा सशस्त्र प्रहरीकी पुष्पा भण्डारी पहिलो, साुनमायाँ कार्की दोस्रो र प्युठानकी हुमी बुढा मगर तेस्रो भएका छन् । उनीहरुले क्रमश २० हजार ५ , १२ हजार ५ र ७ हजार ५ रुपैयाँ पुरस्कारसहित ट्रफि र मेडल पाएका छन् ।
४०० वर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परालाई जोगाइराख्न लिगलिगे दौडको आयोजना गरेको आयोजकले जनाएको छ । लमजुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए । त्यही इतिहासको सम्झनामा गएको नौ वर्षदेखि लिगलिगकोट विकास अभियानले दौड प्रतियोगिताको आयोजना गर्ने गरेको छ ।
लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाको अध्यक्षतामा भएको कार्यक्रममा सस्ंकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, प्रतिनिधिसभा सदस्य चूडामणि खड्का, गण्डकी प्रदेश सदस्य हरिशरण आचार्य, पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेल लगायतको उपस्थित हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।
प्रकास
Oct. 14, 2018, 8:06 p.m.राजालाई राज्य किन नदिएको ? जुन अबधिभरी इन्लाइ राजा भनिन्छ त्यस अबधिभरी सानो छेत्रफल ब्भए पनि राज्य दिनुपर्ने हो । यो मेरो ब्यक्तिगत बिचार हो ।