गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गयो : ६ जना घाइते

 फागुन ३०, २०७९ मंगलबार ७:३२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

दुर्घटनामा गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखाको सैलुङ गाउँपालिका–७ घर भइ राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत ३२ वर्षका विष्णु खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिका–६ बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक हिजो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

दुर्घटनामा शहीद गाउँपालिका–७ घर भएका ३० वर्षकी रमला राना मगर, ५९ वर्षका लालबहादुर गुरुङ र ६८ वर्षका नारायण भुजेल, गोरखा नगरपालिका १० की ४९ वर्षकी सावित्री विक, बर्दिया घर भएका २८ वर्षका मङ्गल चौधरी र ठेगाना नखुलेका बुद्धीबहादुर नेपाली घाइते हुनुभएको छ । गम्भीर घाइते दुई जनाको भरतपुर मेडिकल कलेज तथा अन्य घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया