राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको ...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – विदेशबाट अवैध रकम भित्र्याएकाे आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाहसहित छ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
काठमाण्डाै जिल्ला अदालतले पृथ्वीबहादुर शाहसहित विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउदलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । अदालतले भक्तपुरकी विनिता तामाङलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । घटनामा संलग्न १३ जना भने अझै फरार छन् ।
उनीहरू विदेशी नागरिकलाई ठगेर अवैधरूपमा नेपालमा पैसा भित्र्याएकाे आरोपमा पक्राउ परेका भए पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सुझावमा सरकारी वकिल कार्यालय काठमाण्डौले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराधविरुद्धको मुद्दा दर्ता गरेको छ ।
शाहसहितको समूहले विदेशमा ठगी गरेको रकम नेपाल ल्याएर घरजग्गा, शेयर, सुन, कम्पनीलगायतमा कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । घटनामा २४ जनाले जाहेरी दिएका छन् । शाहको समूहले ठगी गरी नेपाल ल्याएको रकम ३८ करोड ८६ लाख ६२ हजार एक सय ३६ रुपैयाँ रहेको सीआईबीले बताएको छ । शाहले ठगी गर्नकै लागि नेपालमा २४ वटा कम्पनी खोलेको पाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।