पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते

 चैत १, २०७९ बुधबार १३:१६:३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिका १८ भकुण्डेमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । कालिज फार्ममा मंगलबार राति पसेको चितुवाले त्यहाँका कामदारलाई आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट कास्कीको रुपा गाउँपालिका ४ बस्ने २८ वर्यीय श्रीकृष्ण मल्ल ठकुरी र २३ वर्सीय राजेश तिमिल्सिना घाइते भएका छन् । चितुवा फार्मबाट बाहिर निस्कने क्रममा उनीहरुलाई आक्रमण गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीले जानकारी दिनुभयाे । उहाँका अनुसार उनीहरुको गालामा चितुवाले चिथोरेको र उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

मानिसलाई आक्रमण गर्ने चितुवा खोज्दा मृत अवस्थामा झाडीमा भेटिएको डीएसपी जाेशीले बताउनुभयाे । मृत चितुवा प्रहरीले जिल्ला वन कार्यालय कास्कीलाई जिम्मा लगाएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया