अटिजमका लागि साङ्गीतिक कार्यक्रम

 चैत २, २०७९ बिहिबार ६:१९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अटिजम केयर नेपाल सोसाइटीले अटिजमबारे जनचेतना फैलाउने उद्देश्यले साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।

मस्तिष्कको विकासमा हुने जन्मजात असमानताको बारेमा जानकारी गराउन अटिजमका लागि निःशुल्क सङ्गीत कार्यक्रम गर्न लागेको आयोजक अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यले जानकारी दिनुभयाे । साङ्गीतिक कार्यक्रममा प्रवेश निःशुल्क रहेकाे उहाँले बताउनुभयाे ।

यही चैत ४ गते शनिवार काठमाण्डौको टुँडिखेलमा हुने कार्यक्रममा १९७४ एडी समूहको साङ्गीतिक प्रस्तुति रहनेछ । कार्यक्रम बेलुका ५ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया