डीडीसीले आजदेखि लागू हुने गरी दूधकाे मूल्य बढायो, निलो प्याकेटको मूल्य लिटरमै ११ रुपैयाँले बढ्यो

 चैत २, २०७९ बिहिबार ७:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आज बिहीवारदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको छ ।

सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डीडीसीले जनाएको छ । हिजो बुधवारदेखि नै किसानले बढेको मूल्य पाएका र त्यही मूल्य आजदेखि उपभोक्ताबाट लिन थालेको डीडीसीले निकालेको विज्ञप्तिमा उल्लेख छ । दूधमा न्यूनतम १० देखि अधिकतम १६ रुपैयाँ बढेको छ । धेरै उपभोक्ताले प्रयोग गर्ने निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेको छ ।

यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाण्डौ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेछ । त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको दुग्ध विकास संस्थानले जनाएको छ ।

त्यस्तै संस्थानले गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएको छ । आजदेखि गाईको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १ सय १६ रुपैयाँ पर्नेछ । संस्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएको छ । हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १ सय ३० रुपैयाँ पर्नेछ । त्यस्तै चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ भएको डीडीसीका महाप्रaन्धक सन्जिव झाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया