प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली क्रिकेट टाेलीलाई बधाई

 चैत २, २०७९ बिहिबार १९:१३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व कप क्रिकेटकाे छनोटमा पुग्न सफल नेपाली क्रिकेट टाेलीलाई बधाई दिनुभएकाे छ ।

आईसीसी क्रिकेट विश्व कप लिग टू अन्तर्गत आज त्रिवि क्रिकेट मैदानमा यूएईसँग भएकाे खेलमा 'डकवर्थ लुइस' नियमका आधारमा नेपाल विजयी भएको हो । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमार्फत्  खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिनुभएकाे छ । 

‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभीमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’ उहाँले लेख्नुभएकाे छ।

उहाँले नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत सबैलाई शुभकामना दिनुभएकाे छ । 

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया