सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे
चैत १६, २०७९ बिहिबार
खोटाङ - खोटाङको रावाबेसी गाउँपालिका–५ दुबेकोलमा सबैभन्दा बढी अन्न, फलफूल, तरकारी उत्पादन गर्ने तथा पशुपालन गर्ने किसानलाई सम्मान गरिएको छ । वडाको कृषि उत्पादनका क्षेत्रमा सबैभन्दा बढी कृषि उपज उत्पादन गरेर योगदान दिएका किसानलाई वडा कार्यालयले छनाेट गरेर सम्मान गरेको हो ।
सबैभन्दा बढी मकै फलाउने किसान बेनकुमार घिमिरे, कोदो बढी फलाउने होमनाथ राई, बढी फलफूल फलाउने ईश्वर गुरुङ, बढी धान फलाउने बलबहादुर श्रेष्ठ, बढी तरकारी फलाउने केशवप्रसाद घिमिरे र बढी सङ्ख्यामा बाख्रा पालन गर्ने नारायणबहादुर सुवेदीलाई सम्मान गरिएको हाे ।
पाँच किसानलाई १६ लिटरको एस्प्रे तथा बढी सङ्ख्यामा बाख्रा पालन गर्ने सुवेदीलाई घाँस काट्ने सिकेचर प्रदान गरिएको वडा सचिव शेरबहादुर दाहालले बताउनुभयाे । वडाको कृषि उपज उत्पादनमा योगदान दिने किसानलाई वडा कार्यालय भवन उद्घाटनका क्रममा शुक्रवार सम्मान–पत्र र कृषि औजारसहित सम्मान गरिएको हो ।
कार्यक्रममा वडाका उत्कृष्ट नौ बुहारीलाई प्रेसर कुकर प्रदान गरिएको छ । तीर्थमायाँ गुरुङ, सीतादेवी सुवेदी, छलमायाँ पाण्डे, विष्णुकुमारी श्रेष्ठ, दिलमायाँ मगर, सुमित्रा नेपाली, केशरीमायाँ विक, विमला विक र सम्झना राई सुनुवारलाई उत्कृष्ट बुहारीका रुपमा सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । पारिवारिक जिम्मेवारी र सामाजिक उत्तरदायित्वलाई कुशलतापूर्वक निर्वाह गरेका बुहारीलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।
यस्तै, उत्कृष्ट टेलर सञ्चालन गर्नेलाई आइरन, कैँची, उत्कृष्ट सिकर्मीलाई प्लेन्जर, उत्कृष्ट डकर्मीलाई मार्बल कटर, छालाको उत्कृष्ट काम गर्नेलाई नगद पाँच हजार, उत्कृष्ट स्वास्थ्यकर्मीलाई नगद पाँच हजार, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेवीकालाई राइसकुकर प्रदान गरिएको छ ।
फलामको उत्कृष्ट काम गर्नेलाई आरन, वडाभित्रका तीन वटा विद्यालयका उत्कृष्ट अभिभावकलाई राइसकुकर, वडाभित्र सञ्चालित तीन वटा विद्यालयका उत्कृष्ट शिक्षकलाई नगद पाँच हजार र उत्कृष्ट उपभोक्ता समितिलाई नगद १० सहित सम्मान–पत्रको साथमा सम्मान गरिएको वडासचिव दाहालले बताउनु भयाे ।
वडा कार्यालयले २०७९ सालको पहिलो त्रैमासिक र दोस्रो त्रैमासिक परीक्षामा कक्षा प्रथम, द्वितीय र तृतीय हुने गंगोदय मावि दुवेकोलका ३० जना, कालीका आवि चिण्डेभदौरेका २४ जना र खेती आवि ठूलोबरका ९ जना विद्यार्थीलाई कापी र डटपेन वितरण गरिएको गरेको छ । यस्तै, वडाका दुई जना असहायलाई पाठासहितको बाख्रा वितरण गरिएको छ ।