पत्रकारबारे सभामुख घिमिरेले दिएको अभिव्यक्तिप्रति महासंघको आपत्ति

 चैत ४, २०७९ शनिबार १८:५५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिनुभएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउदै तत्काल फिर्ता लिन माग गरेको छ । 

हिजाे शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले ‘पत्रकारहरु बिक्रीमा छन्’ भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । महासचिव रोशन पुरीले उहाँको त्याे अभिव्यक्ति तथ्यहीन भएकाले त्यसको पुष्टि गर्न वा फिर्ता लिन माग गरिएको स्पष्ट पार्नु भयो ।

महासचितव पुरीले समग्र सञ्चार क्षेत्रलाई नै आक्षेप गराउने आधारहीन, तथ्यहीन र अशोभनीय कुरा सभामुख घिमिरेले गर्नुभएकाले महासंघले त्यसको विरोध गर्नु परेको बताउनु भयो । सभामुख जस्तो पदमा रहेर प्रेस स्वतन्त्रताको भावना विपरित अत्यन्तै अशोभनीय ढंगले पत्रकारहरुमाथि आक्षेप लगाउनु अशोभनीय र अमर्यादित काम भएको उहाँको तर्क थियो ।

यस्तै महासंघले यसबारे विज्ञप्ति पनि निकालेकाे छ । विज्ञप्तिमा पनि सभामुखकाे अभिव्यक्तिले सञ्चार क्षेत्रकाे आत्मसम्मानमा चाेट पुगेकाे उल्लेख छ । आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभए कानुनी लगायत अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

 

अन्तिम अपडेट: साउन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया