गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, १७ लाख २२...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – सगरमाथा आरोहणका लागि खुम्बु आइसफलमा बाटो बनाउने काम सकिएको छ । दोस्रो शिविरका लागि बाटो बनाउने जिम्मेवारी पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाट खटिएका आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने कामदारहरूले खुम्बु आइसफलमा भर्याङ राख्ने, डोरी टाँग्ने लगायतका काम गरी बाटो बनाएका हुन् । अहिले दोस्रो शिविरसम्म पुग्नका लागि बाटो बनाउने काम अन्तिम चरणमा पुगेको एसपीसीसीले जनाएको छ ।
यो बाटोबाट सगरमाथासहित ल्होत्से र नुप्त्से हिमालको पनि आरोहण गरिन्छ । दोस्रो शिविरसम्मको बाटो तयार भइसकेपछि त्योभन्दामाथिको बाटो भने आरोहण गराउने कम्पनीहरूले निर्माण गर्दै आएका छन् ।
यसैबीच वसन्तयाममा नेपालका हिमाल चढ्नका लागि अनुमति लिने क्रम सुरु भएको छ । वैशाख जेठमा हुने पर्वतारोहणका लागि आरोहीहरूले अनुमति लिने क्रम सुरु भएको पर्यटन विभागले जनाएको छ ।
आरोहीका लागि अनुमति दिने तथा आरोहण प्रमाणीकरण गर्ने काम पर्यटन विभागले गर्दै आएको छ । विभागको तथ्याङ्कअनुसार अहिलेसम्म पाँच वटा हिमाल आरोहणका लागि ५० जनाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ३३ जना पुरुष र १७ जना महिला रहेका छन् । सबैभन्दा धेरै अन्नपूर्णका लागि ३४ जनाले अनुमति लिएका छन् । यस्तै सुर्मा सरोभरका लागि दुई जना, पङ्ग्री गोल्डुम्बाका लागि छ, मनास्लुका लागि दुई र थोरङ पिकका लागि पाँच जनाले अनुमति लिएका छन् ।
तस्बिर : सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।