एन्फा महिला लिगमा आज त्रिभुवन आर्मी र वालिङ नगरपालिका खेल्दै
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा आजको पहिलो खेलमा बिहान ९ बजे बागमती र कोशी प्रदेश खेल्दैछन् । यस्तै दिउँसो १ बजे मधेस प्रदेश र त्रिभूवन आर्मी क्लबले खेल्नेछन् ।
प्रतियोगितामा दुई विभागीय र सात वटा प्रदेश गरी नौ टोली छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ का खेल सकिएका छन् भने आजदेखि समूह ‘बी’ का खेल हुनेछन् ।
समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, एपीएफ र सुदूरपश्चिम रहेकोमा एपीएफ शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेको छ । समूह ‘बी’ मा कोशी, मधेस, बाग्मती र त्रिभुवन आर्मी क्लब छन् । यो समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् ।
सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । शीर्ष दुईमा रहने टोली बिच फाइनल खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।