'चिल्ड्रेन पार्क' भाडामा लागेन, मनोरञ्जनका सामग्री थोत्रिँदै

 चैत ८, २०७९ बुधबार १९:५५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण गरेको चिल्ड्रेन पार्क भाडामा नलाग्दा उपयोगविहीन बनेको छ । 

दिक्तेल रुपाकोट–१ दिक्तेल बजारको रत्नपार्कमा निर्माण गरिएको चिल्ड्रेन पार्क उद्घाटन गरेको वर्ष दिन बित्दासमेत भाडामा लाग्न सकेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा चार करोड ३७ लाख ८४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क २०७८ फागुन ३ गते उद्घाटन गरिएको थियो । 

व्यावसायिक प्रयोजनका लागि निर्माण गरिएको शपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा शटर र माथिल्लो तलामा रेस्टुरेन्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ । शपिङ कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेन पार्क निर्माण गरिएको छ । चिल्ड्रेन पार्कमा केटाकेटी खेल्ने स्विमिङ पुल, कोलम्बस राइड (पिङ), स्विङ राइड, बगैँचालगायतका संरचना तयार पारिएको छ । 

शपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कलाई पाँच वर्षका लागि भाडामा दिन नगरपालिकाले २०७८ साल फागुनमै न्यूनतम दुई लाख ९७ हजार रुपैयाँको ठेक्का आह्वान गरेको थियो । त्यो बेला तल्लो तलाको शटरहरू भाडामा लाग्दा माथिल्लो तलाको चिल्ड्रेन पार्क, रेस्टुरेन्ट हल र पाँच वटा स्टलको ठेक्का अहिलेसम्म लाग्न नसकेको मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया