मानव तस्करले भारत पुर्‍याएर देह व्यापारमा लगाएका १० नेपाली महिलाकाे उद्धार

 चैत ९, २०७९ बिहिबार १९:३९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – मानव तस्करले भारत पुर्‍याएर देह व्यापारमा लगाएका १० जना नेपाली महिलाकाे उद्धार भएको छ ।

भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्दामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाकाे उद्धार भएकाे हो । उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, कीन इन्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारबाहीमा उद्धार गरिएको हो ।

उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरू नुवाकोट, काठमाण्डाै, कास्की, खोटाङलगायतका जिल्लाका रहेका प्रहरीले जनाएको छ । उद्धार गरिएकीमध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्‍याइएकाे र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्दामा लगाएको गुनासो गरेकी छिन् ।

महिला उद्धारका लागि सञ्चालन गरिएको मिसन फ्ल्याटका बारेमा बताउँदै नेपाली राजदूतावासमा खटिनुभएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट चार जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानिरीक्षकको सचिवालय हुँदै दिल्ली दूतावासमा आफूलाई प्राप्त भएपछि खोजीका लागि पहल गरेको बताउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया