२४ बलमा ७ विकेट गुमाएपछि बाग्मती कोशीसँग १० रनले हार्याे
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - नेपालमा कुल परिवार सङ्ख्या ६६ लाख ६६ हजार ९ सय ३७ रहेको छ ।
नेपालको १२औँ राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजाले परिवार सङ्ख्या ६६ लाख ६६ हजार ९ सय ३७ देखाएको छ । यसमा आफ्नै घर हुने ८६ प्रतिशत रहेको छ भने भाडामा बस्ने १२ दशमलव ८ प्रतिशत छ । साथै संस्थागत शून्य दशमलव ६ र अन्य शून्य दशमलव ७ प्रतिशत रहेका छन् ।
एउटा घर परिवारमा चार जनाभन्दा बढी बस्ने गरेको पनि तथ्याङ्कमा उल्लेख छ । विवरण अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ ।
नेपालमा पुरुषभन्दा महिलाको जनसङ्ख्या ६ लाख ५७ हजारले धेरै छ । यस पटक बाग्मती र मधेस प्रदेशमा झण्डै २१ प्रतिशत जनसङ्ख्याको बसोबास छ । जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।
त्यस्तै, भक्तपुरमा सबैभन्दा बढी जनसङ्ख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९ सय २८ जना अन्य लिङ्गीको बसोबास रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ashok Xetri
March 26, 2023, 8:54 a.m.Good xa ani sangai help plz. Room vada ma basne lai kehi Help garna Sakdaina hoi Nepal Sarkar le.
kusal magar
March 24, 2023, 3:50 p.m.Good