९२ दशमलव २ प्रतिशत नेपाली बिजुलीकाे पहुँचमा, खाना पकाउन दाउरा बाल्ने ५१ प्रतिशत

 चैत १०, २०७९ शुक्रबार १२:५२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - धेरैजसो घरपरिवारले बत्ती बाल्नका लागि बिजुली प्रयोग गर्ने गरेका छन् । आज सार्वजनिक भएको राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजाले ९२ दशमलव २ प्रतिशत नेपालीमा बिजुली बत्तीको पहुँच पुगेको देखाएको छ ।

बत्ती बाल्नका लागि सोलार र सौर्य ऊर्जा प्रयोग गर्ने ६ दशमलव ६, मट्टीतेल प्रयोग गर्ने शून्य दशमलव ६, बायोग्यास प्रयोग गर्ने शून्य दशमलव शून्य ३ र अन्य इन्धन प्रयोग गर्ने परिवार शून्य दशमलव ६ प्रतिशत रहेका छन् ।

नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । नेपालमा अझै पनि आधाभन्दा बढी जनसङ्ख्याले खाना पकाउन दाउरा नै प्रयोग गर्ने गरेका छन् । ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेको तथ्याङ्क छ ।

खाना पकाउन ग्यास प्रयोग गर्ने ४४ दशमलव ३, बिजुली प्रयोग गर्ने शून्य दशमलव ५, गुइँठा गोरहा २ दशमलव ९, बायोग्यास १ दशमलव २, मट्टीतेल शून्य दशमलव शून्य ५ र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत शून्य दशमलव १ रहेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया