पार्टीमा लागेकाे खियालाई हटाएर धारिलाे बनाउन कार्यकर्ताले भूमिका खेल्नुपर्छ : ओली

 चैत १३, २०७९ सोमबार १९:४५:११ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई उत्ताउलो रूपमा प्रस्तुत नहुन निर्देशन दिनुभएको छ । मिसन ग्रासरुट अभियानको क्रममा गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा ओलीले एमालेमा प्रवेश गरेपछि गंगा नदीजस्तै शालीन हुनुपर्ने भन्दै उत्ताउलो नबन निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्नुपर्ने बताउनुभयो । उहाँले पार्टीमा लागेको खियालाई हटाएर धारिलो बनाउन कार्यकर्ताहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो । देशको विकास र लोकतन्त्रको पक्षमा उभिएबापत एमालेविरुद्ध गठबन्धनको नाममा चौतर्फीरूपमा घेराबन्दी गरिएको उहाँकाे आराेप थियाे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष ओलीले एमाले सिनो खाने स्यालको बच्चा नभई बाघको डम्मरु भएको टिप्पणी गर्नुभयाे । एमाले पार्टीभित्र बसेर गैरएमाले प्रवृत्ति गर्ने र पार्टीलाई धमिलो बनाउने काम गर्न कसैलाई पनि छुट नभएको उहाँकाे भनाइ छ ।

कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टलगायतले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्नका लागि पनि एमाले राष्ट्रिय शक्ति बन्न आवश्यक रहेको जिकिर गर्नुभयाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया