सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो
फागुन २८, २०८१ बुधबार
डाेटी - महाअष्ठमीको दिन बुधबार डोटी लगायत सुदूरपश्चिमका शक्तिपीठहरुमा बिहानैदेखी पुजाअाजसहित पशुबली दिईन थालिएको छ ।
बैतडीको त्रिपुरा सुन्दरी भगवती, डडेल्धुराको अग्रतारा भगवती, डोटीको शैलैस्वरी स्थित कालिका भगवती तथा डोटीकै प्रशिद्ध तिखा गाउमा रहेको कालढुंगा भगवतीको मन्दिरमा बिहानैदेखी बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ भईरहेको छ ।
यहाँका शक्तिपीठहरुमा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेद्यसहित नौ वटा वस्तुको दुर्गा थापी पूजा गर्ने चलन छ ।
किसानले फलामे औजारको पूजा गर्छन् । त्यस्तै सवारीधनीहरुले आजकै दिन यहाँका शक्तिपिठहरुमा आफ्ना सवारी साधनलाई बलिसहित पूजा गर्ने गरेको सिलगढीका स्थानिय गणेश बोहराले बताउनु भयो ।
डोटीको प्रशिद्ध मन्दिर शैलेस्वरी तथा कालीकाको मन्दिर तथा दिपायलको भगवती मन्दिरमा बिहानैदेखी भक्तजनहरुको घुईचो लागेको छ । पशुबली नचढाउनेहरुले मूला, कुभिन्डो, काक्रो, घिरौंलालगायत तरकारीको बली दिने गर्छन् । त्यस्तै यहाँका कतिपय स्थानमा दुर्गा भवानीलाई खीर र नरिवल चढाउने चलन पनि छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।