श्रीलङ्कामा पर्यटक बढे, ३ महिनामा झन्डै ५३ करोड अमेरिकी डलर आम्दानी

 चैत २६, २०७९ आइतबार १८:३६:२४ | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा सन् २०२३ को पहिलो तीन महिनामा पर्यटकको सङ्ख्या बढेको छ । श्रीलङ्काको केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२३ को पहिलो तीन महिनामा पर्यटकबाट झन्डै ५३ करोड अमेरिकी डलर प्राप्त भएको छ ।

अघिल्लो वर्षको यही अवधिमा ४८ करोड अमेरिकी डलर आम्दानी गरेको थियो । श्रीलङ्काले यस वर्ष २० लाख जना पर्यटक भित्रत्र्याउने लक्ष्य राखेको छ । श्रीलङ्कामा विदेशी मुद्रा आर्जनको मुख्य माध्यम पर्यटन व्यवसाय हो ।

पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने विश्वका प्रमुख देशहरूमध्ये एक श्रीलङ्कामा कोरोना महामारीका कारण अर्थतन्त्र समस्यामा परेको थियो । पर्यटन आउने क्रम रोकिनुको साथै त्यही बेला राजनीतिक सङ्कटसमेत आउँदा श्रीलङ्काले चरम आर्थिक सङ्कट भोग्नुपर्‍याे । 

अहिले पर्यटकको सङ्ख्या बढेसँगै अब अर्थतन्त्र लयमा फर्कने क्रम सुरु भएको श्रीलङ्काको केन्द्रीय बैंकलाई उद्धृत गर्दै कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया