वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नमिल्ने सर्वोच्चक...
पुस ४, २०८१ बिहिबार
कञ्चनपुर – कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ ।
आउँदो नयाँ वर्ष २०८० को वैशाख १ गतेदेखि लागू हुने गरी प्लास्टिकका झोला आयात, बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो ।
कार्यालयले एक महिना अगाडि नै सूचना निकालेर प्लास्टिकका झोलाको आयात बन्द गर्न निर्देशन दिएको थियो । प्रतिबन्धित झोला प्रयोग तथा बिक्री गर्नेलाई वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ बमोजिम कारबाही हुनेछ ।
प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा समेत हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ता पनि जागरुक हुनुपर्ने प्रमुख जिल्ला अधिकारी अर्याललेको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।