विमानस्थलमा खटिने निगमका कर्मचारीलाई खल्ती नभएकाे पाेसाक

 चैत ३०, २०७९ बिहीबार २०:३१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोसाक लगाउन निर्देशन दिएको छ ।

यात्रुको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्ती नभएकाे पाेसाककाे व्यवस्था गरेको हो ।  ब्यागेज ह्यान्डलिङ सेवा सुधारका लागि आजदेखि कर्मचारीलाई खल्तीरहित पोसाककाे व्यवस्था गरिएको निगमले जनाएकाे छ । 

ब्यागेज ओसारपसार गर्ने ट्रलीमा बार तथा चेन लगाइएको छ भने लगेज सुरक्षासम्बन्धी कर्मचारी खटाइनुका साथै वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलीमा छाना व्यवस्था गरिएको छ । त्यस्तै ब्यागेजसम्बन्धी गुनासो सुनुवाइका लागि विमानस्थलमामा रहेकाे ब्यागेज ह्यान्डलिङ युनिटलाई २४ घण्टा नै क्रियाशील गराइएको निगमले जनाएको छ ।

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • प्रेम गुरुङ

    April 14, 2023, 10:50 p.m.

    नमस्कार यो खबरले खुशी लाग्यो निगमलाई बिशेश धन्यवाद छ । र नेपाल सरकारको मन्त्री सुदन किराँती ज्यू लाई धन्यवाद । हाम्रो लगेज ब्यागेज चोर्ने फोर्ने चोर कर्मचारी लाई ठिक गर्नु भयो । विशेष हामी नेपालीको एउटा मात्रै अन्तर्राष्ट्रिय बिमान स्थलल यहि एर्पोट्मा हामीले यति धेरै लामो समय देखि सास्ती भोग्यौ यो सबै कर्मचारी सरकार सबै मिलेर दुख दिएको रैछ भन्ने बल्ल बुझ्दै छु । गरे के हुदैन रहेछ अखिर बिगतमा जसरी लुटपाट चोरी ठगी भए तिनीहरुलाई त माहा पाप त लाग्छ नै । हाम्रो श्रीमती आमा बुवाले गाउ मा दुख गरेर पठाएको गुन्द्रुक आटो पिठी समेत घ्यू मह अचार समेत विभिन्न डर देखाएर लुटेर खायो यो पनि पाप लाग्छ ।अब चाहिँ त्यस्तो नहोस । ईमानदार भएर कर्मचारीले काम गरोस देशको इजेत राखोस यस्तो रास्ट्र कै बेइज्जत गर्ने कर्मचारी हटाओयोस यो अझै माग गर्दछु । निगम र सरकारले यस्तो काम चांडो गरियोस भन्ने अनुरोध गर्दछु । म ब्यक्तिगत रुपमै माननीय मन्त्री सुदन किराँती ज्यूलाइ पनि अनुरोध गर्दै छु । जे अहिले गर्नु भयो अझै राम्रो व्यवस्थापन गरियोस बिदेश पर्यटन लाई र स्वदेशी श्रमिकको पसिना लुट्ने चोर्ने काम नगरोस यो माह पाप हुनेछ । धन्यवाद

  •  0 Reply
  • Resham bahadur reshmi magar

    April 14, 2023, 4:52 a.m.

    Sudan kirati ko safaltako कदम

  •  0 Reply
  • राम कुमार शाक्य

    April 13, 2023, 8:45 p.m.

    सामन अनलोड देखि यात्रिको हात सम्म आईपुगुन्जेल को cctv futaj tele cast सबै ले देखिने गरि राम्रो हुने थियोे

  •  0 Reply

तपाईको प्रतिक्रिया