पोखराको सेती नदी खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार

 बैशाख २, २०८० शनिबार १८:१४:५१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ ।

शनिबार दिउँसो खेल्दै गर्दा पोखरा ८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिनुभयाे । पोखरा ८ नागढुंगा बस्ने स्मृती सहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए ।

पोखरा १५ मा रहेकाे हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी थिइन् ।  प्रहरीको टोलीले उद्धार गरेर निकालेपछि बालिकाकाे अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • बाल चन्द्र आले

    April 16, 2023, 9:19 a.m.

    खै आधुनिक दुनियामा पनि यस्तो खबर सुन्नु पर्ने सानो एउटा safety bar or notice board राखने चेत नभएको नगरपालिका पुलिस प्रशासन वडा कार्यलय सबै चियनगफमा मस्त।

  •  0 Reply

तपाईको प्रतिक्रिया