दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
गुल्मी – गुल्मीमा आगो निभाउने क्रममा जलेर घाइते हुनुभएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरको ज्यान गएको छ । कुँवरको उपचारको लागि काडमाण्डौ लैजाने क्रममा शनिबार बिहान बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नवीन किशोर प्रधानले जानकारी दिनु भएको छ ।
धुर्कोट गाउँपालिका ३ अन्तर्गत बर्दबास सामुदायिक वनमा बिहिवार राति आगो निभाउने क्रममा आगोको लप्काले पोल्दा गम्भीर रुपमा घाइते हुनुभएका कुँवरको पाल्पामा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको थियो । त्यही आगो निभाउने क्रममा अर्का घाइते धुर्कोट हाडहाडेका १३ वर्षीय वालक दिपक मुखियाको उपचारको क्रममा शुक्रबार मिसन अस्पताल पाल्पामा ज्यान गएको थियो ।
गुल्मीमा चार सय ५९ सामुदायिक वनहरुमध्ये पचास भन्दा बढी वनमा आगलागी भएको डिभिजन वन कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख रामकुमार चौधरीले बताउनुभयाे । जिल्लामा सामुदायिक वनहरुमा दिनहुँ आलागीका घटनाहरु बढ्दै गएका छन् । गुल्मीमा पछिल्लो तीन महिनाको अवधिमा आगलागीमा परेर पाँच जनाकाे ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।