गुल्मीमा जीप दुर्घटना, एक जनाको ज्यान गयो

 बैशाख १४, २०८० बिहिबार ८:२६:३१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

गुल्मीको मालिका गाउँपालिका २ अन्तर्गत दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि छुटेको लु १ च ९९११ नम्बरको जीप गएराति खाल्टुङ्ग खोलामा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका-९ का १८ वर्षका किशोर केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

दुर्घटनामा  जीप चालक प्रेम बहादुर केसी घाइते हुनुभएको छ । उहाँको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । ब्रेकफेल भएर जीप दुर्घटना भएको अनुमान गरिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया