एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब ख...
माघ ५, २०८१ शनिबार
दार्चुला – दार्चुला सदरमुकामबाट गाउँतर्फ उक्लिएकाे दार्चुलाको व्यासी सौका समुदायको टोली बीच बाटोमै रोकिएको छ ।
गएको आइतवार जिल्ला सदरमुकाम खलङ्गाबाट नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भएर भारतको बाटो हुँदै छाङ्गरु र तिङ्कर गाउँ जानका लागि गएको टोली हिमपातले गर्दा बीच बाटोमै रोकिएको हो । हिमपातले सरेका सौका समुदायलाई थातथलो पुग्न समस्या भएको छ ।
यो टोली अहिले बुदी क्षेत्रमा रोकिएका व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरन सिंह बुढाथोकीले जानकारी दिनुभयाे । बुदीभन्दा माथिल्लो क्षेत्रमा हिमपात भएपछि सौका समुदायको टोली बीच बाटोमै रोकिएको उहाँले बताउनुभयो ।
सौका समुदाय गर्मीमा हिमाली भेग र जाडोमा बेसी क्षेत्रमा हुने बसाइँसराइलाई कुञ्चा भन्ने गर्दछन् । बाटोमा हिमपातले गर्दा मानिस र वस्तुभाउ हिँड्न सक्ने अवस्था नरहेकाले कुञ्चा बाटोमै बस्नुपरेको स्थानीयले बताएका छन् ।
सौका समुदाय हिउँदकाे छ महिना बेसी (सदरमुकाम खलङ्गा) र गर्मीयामको छ महिना व्यास (हिमाली क्षेत्र) मा बसोवास गर्ने गरेका छन् । उनीहरू खलङ्गाबाट हिँडेर पहिलो दिनमा एलागाड, दोस्रो दिन पाङ्ला, तेस्रो दिन बुदी, चौथो दिन छाङ्गरु र तिङ्कर पुग्ने गरेका छन् । उनीहरू गएको मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम खलङ्गा झरेका थिए ।
व्यास गाउँपालिका–२ का वडाध्यक्ष बुढाथोकीका अनुसार छाङ्गरुमा एक सय १० र तिङ्करमा ७० परिवारको बसोवास रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।