अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा सर्वोच्चको फैसला

 माघ ५, २०८१ शनिबार १०:९:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको छ । गएराति अमेरिकाको सर्वोच्च अदालतले यदि टिकटकले अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेमा कानूनअनुसार भोलिदेखि प्रतिबन्धमा पर्ने फैसला गरेको हो ।

सर्वोच्च अदालतको फैसलापछि सरकारले अब टिकटकको अमेरिकी संस्करण एप स्टोर र वेब होस्टिङ्ग सेवाबाट हटाउनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने कानून बनाएपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मुद्दाको फैसला गर्दै सर्वोच्चले सरकारको कानूनी निर्णय ठिक हो भनेको छ ।

सर्वोच्चको फैसलापछि चिनियाँ कम्पनी टिकटकले यदि अमेरिकी सरकारले कुनै कदम चालेन भने भोलिदेखि अमेरिकामा आफ्नो गतिविधि बन्द गर्ने बताएको छ ।

टिकटकले विज्ञप्ती जारी गरेर भनेको छ, ‘जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएका छन्, यदि अमेरिकी सरकारले बयान जारी गरेर आश्वासन दिँदैन भने, हामी जनवरी १९ मा सबै गतिविधिहरू रोक्न बाध्य हुनेछौँ ।’ आफ्नो कार्यकाल सकिने अन्तिम दिनहरुमा राष्ट्रपति बाइडेनले यो निर्णयमा पुनरावलोकन गर्ने सम्भावना छैन ।

यस्तो अवस्थामा धेरैको नजर नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पतर्फ सोझिएको छ । पहिलो कार्यकालमा टिकटकप्रति आक्रामक देखिनुभएका ट्रम्पले अहिले भने यसमाथि अहिले नै प्रतिबन्ध नलगाउने भाषण गर्दै आउनुभएको छ । यसबारेमा टिकटकका मालिकसँग ट्रम्पले कुराकानी गरिसक्नुभएको छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया