क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय

 वैशाख २०, २०८० बुधबार १३:२९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र मुख्य प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको छ ।

आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले एसीसी प्रिमियर कप खेलेका राष्ट्रिय टोलीका हरेक खेलाडी र मुख्य प्रशिक्षकलाई छ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको हो । यस्तै अफिसियललाई तीन लाख रुपैयाँका दरले प्रोत्साहत रकम दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै सरकारले नेपाली क्रिकेटले पाएको सफलताले नेपालको गौरव बढेको निष्कर्ष निकाल्दै त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि आउँदो बजेटमा विशेष प्राथमिकता दिने पनि निर्णय गरेको छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया