दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका–७ वामीमा एक महिलाको हत्यामा संलग्न आराेपितहरू पुर्पपक्षका लागि कारागार चलान भएका छन् । वामीकाे न्वारमा होटल सञ्चालन गर्दै आउनुभएकी ५८ वर्षीया गंगा शेरचनको गएकाे माघ १५ गते हत्या भएको थियो ।
शेरचनको शव आफ्नै होटलभित्र प्लास्टिककाे टेपले हातखुट्टा र मुख बाँधेकाे अवस्थामा फेला परेकाे थियाे । उहाँको हत्यामा संलग्न बाग्लुङकाे बडीगाड गाउँपालिका ७ का थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका ७ का लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का शिवबहादुर तामाङलाई पक्राउ गरी गुल्मी जिल्ला अदालतबाट पुर्पक्षका लागि जिल्ला कारागार गुल्मी पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयाे ।
प्रहरी कार्यालयले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाण्डाैको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गएकाे फागुनमा पक्राउ गरेको थियो । उनकाे बयानको आधारमा तीन जना मिलेर सामूहिक हत्या गरेको खुलेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो ।
त्यसपछि हत्यामा संलग्न रहेका लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई गएकाे चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो । त्यसपछि उनीहरूको बयानकाे आधारमा हत्यामा संलग्न पुष्टि भएपछि उनीहरूलाई बुधवार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
हत्यामा संलग्न तीनै जनाको बयानका आधारमा अझै एक जना फरार रहेका छन् । उनको खोजी भइरहेकाे प्रहरीले जनाएको छ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
Tiwari toplal
May 5, 2023, 3:43 a.m.Gulmima bahiri gundaharu xiri naramro kam garna lage yasto lai tadpai taadpai fasi dinu parxa