गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

 बैशाख २१, २०८० बिहिबार १७:४:१२ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएकाे छ । 

प्रदेश सभामा आज बिहीवार मुख्यमन्त्री पाण्डेले विश्वासको मत माग्दा ६० सदस्यीय प्रदेश सभामा उहाँकाे पक्षमा ३५ जना सांसदले सर्मथन गरेका छन् । उहाँको विपक्षमा २२ मत खस्यो । बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यकता पर्दछ । 

पाण्डेलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ भने नेकपा एमाले विपक्षमा रहेको छ । त्यसैगरी राप्रपा तटस्थ बसेको छ ।  

कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । उहाँले वैशाख १५ गते शपथ लिँदै दुई जना विनाविभागीय मन्त्री नियुक्त गर्नुभएकाे थियाे ।

यसअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको प्रदेश सरकार परिवर्तन भएको थियो । संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशकाे विषयमा सबैसँग मिलेर अगाडि बढ्ने बताउनुभयाे ।

अन्तिम अपडेट: चैत २८, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया