दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
गुल्मी – प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितमा काम गर्ने बानी बसाल्न आग्रह गर्नुभएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय गुल्मीको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
आईजीपी कुँवरले प्रहरी भौतिकरूपमा साधन र स्रोतमा कमजाेर भए पनि नागरिकलाई सेवा प्रदान गर्ने कुरामा भने सधैँ अब्बल रहेको बताउनुभयो । नागरिकमैत्री भएर काम गर्न उहाँले प्रहरीलाई सुझाव दिनुभयाे ।
जिल्ला प्रहरी कार्यालय गुल्मीकाे परिसरमा पाँच वटा नयाँ भवन निर्माण भएका छन् । नवनिर्मित भवनमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, मेस र हिरासत कक्ष रहेका छन् । २०७६ चैत ६ गते निर्माण सुरु भएकाेमा भ्याटसहित छ करोड ६८ लाख रुपैयाँकाे लागतमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
भवन बिकोई शुनिल–समिर जेभीले बनाएकाे हाे । भवन निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीले यसअघि नै जिल्ला प्रहरी कार्यालयलाई भवन हस्तान्तरण गरेको थियो । भवन निर्माणमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राविधिक सहयोग गरेकाे थियाे ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।