‘क्यान इन्फोटेक’ को ३० औं संस्करण माघ २४ देखि काठमाण्डौमा हुने
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएको घटना तत्काल छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरी आज चितवन बन्द गरिएको छ ।
बन्दको प्रभाव पूर्व–पश्चिमको मुख्य राजमार्ग क्षेत्रमा नै परेको छ । पूर्व-पश्चिम आउने जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन् । चितवनसँग जोडिएका क्षेत्र गैँडाकोट, लोथर, मुग्लिनलगायतका ठाउँमा गाडी रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका ठाउँमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् । पश्चिमबाट आएका धेरै गाडी गैंडाकोटमा रोकिएका छन् ।
पुल्चोकमा बन्दकर्ताले अत्यावश्यक बाहेकका गाडी चल्न नदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मंगलबार आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bikash
May 7, 2023, 8:03 a.m.Kanoon byabastha kamjor bhaeko mahasus huncha, ho murder ko chanbin hunu ra doshi lai karbahi garinu parcha, tyo bhandai ma aru nirdosh janata lai gaadi jaam garera dukh dinu, arko crime ho. Yasma aru maanche ko k dosh. Kamuni nikay le yasto gaer jimmewari purna byabahar ko against ma stricy action lina saknu parcha..