एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब ख...
माघ ५, २०८१ शनिबार
ललितपुर - आज राताे मच्छिन्द्रनाथको रथ महिलाले मात्रै तानेर लगनखेलको इतिटोलमा पुर्याइएकाे छ ।
रथयात्राको क्रममा हरेक वर्ष नरीवल खसाल्ने जात्राको भोलिपल्ट महिलाहरुले मात्रै रथ तान्नु पर्ने परम्परा (याक मिसाया भुज्या) अनुसार आज बिहान महिलाहरुले रथ तानेर इतिटोल पुर्याएका हुन् ।
रातो मच्छिन्द्रनाथको कुलेदवी पूजा आउँदो २८ गते गरिने भएको छ । हिजो नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार, गुथि संस्थानका प्रतिनिधिसहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार आउँदो २८ गतेका लागि साइत निकालेको बाराही नाइके दिलकुमार बाराहीले बताउनु भयो ।
कुलदेवी पूजा ४ दिनसम्म गर्ने गरिन्छ । मच्छिन्द्रनाथको कुलदेवी भनेर गाबहालमा रहेको पूर्णचण्डीलाई पूजा गरिन्छ । कुलदेवीको पूजाको दिन अर्थात् वैशाख २८ गते नै रथलाई लगनखेलबाट जावलाखेलसम्म तान्नको लागि साइत हेर्ने गरिन्छ ।
रथ जावलाखेलमा पुर्याएको चार दिनमा भोटो देखाउने गरिन्छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई पनि खटमा राखेर टंगल लगिनेछ । याेसँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिने छ ।
तस्बिर : माेनालिसा महर्जन
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।