भैरहवा विमानस्थल आधा घण्टाभन्दा बढी समय अवरुद्ध, धावनमार्गमा राेकिएकाे जहाज हटाइयो

 वैशाख २५, २०८० सोमबार १२:८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भैरहवा विमानस्थलको धावनमार्गमा रोकिएको जहाजलाई हटाइएको छ । जहाज हटेपछि विमानस्थल सामान्य बनेको विमानस्थल कार्यालयले जनाएको छ ।

बिहान भैरहवाबाट काठमाण्डौका लागि उडेको श्री एअरलाइन्सको जहाजमा समस्या आएपछि बीचबाटै फेरि भैरहवा फर्काइएको थियो । भैरहवा विमानस्थलमा अवतरणपछि जहाजको पाङ्ग्रा लक भएको थियो ।  पाङ्ग्रा लक भएपछि धावनमार्गबाट जहाज गुड्न नसक्दा  आधा घण्टाभन्दा लामो समयसम्म विमानस्थलबाट कुनै उडान अवतरण हुन सकेन । 

श्री एअरलाइन्सअनुसार जहाजमा चालक दलका सदस्यबाहके ७६ जना यात्रु थिए । बिहान विमानस्थल अवरुद्ध हुँदा काठमाण्डौबाट भैरहवाका लागि छुटेको यति एअरलाइन्सको एउटा जहाज काठमाण्डौ नै फर्किएको थियो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया