आरजु राणालाई ताेसिमा कार्कीकाे प्रश्न– ‘भ्रष्टाचारकाे कुरा उठाउँदा कसरी महिला हिंसा भयाे ?’

 वैशाख २६, २०८० मंगलबार १४:२९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा पनि नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ रुपैयाँ असुल गरी नेपालीलाई अमेरिका पठाउनेहरूलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।

बैठकमा बजेट पूर्वको छलफल गर्ने कार्यसूची रहे पनि शून्य समयमा सांसदहरूले नक्कली शरणार्थी प्रकरणले देशमा भ्रष्टाचारको जालो देखाएको र विदेशमा नेपालको छवि नै धूमिल भएको भन्दै जतिसुकै भीभीआईपी व्यक्ति संलग्न रहे पनि कारबाही हुनुपर्ने बताएका हुन् ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले कांग्रेस नेत्री आरजु राणा देउवालाई लक्षित गर्दै भ्रष्टाचारसँग कुनै लिङ्ग, जात र समुदाय नजोड्न आग्रह गर्नुभयो । अस्ति आइतवारको बैठकमा नेत्री राणाले आफूलाई भ्रष्टाचारसँग जोडेर महिला हिंसा गरेको आरोप लगाउनुभएको थियो । त्यही विषयलाई लिएर आज तोसिमा कार्कीले भन्नुभयो, ‘एक महिला माननीयज्यूले टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो भन्नुभयो, मलाई उत्तर दिनुपर्‍याे– भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ ?’ कार्कीले पक्राउ पुर्जी जारी भइसकेपछि पनि दोषीलाई जोगाउन खोजेको आरोप लगाउँदै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत दलाली साबित गर्ने अनि के मुखले अनुदान माग्न जाने भनेर सोध्नुभएको छ ।

सांसद कार्कीले संसद् भ्रष्टाचारीहरूलाई जाेगाउने प्रहसन स्थलजस्ताे भएकाे भन्दै आपत्तिसमेत जनाउनुभयाे । उहाँले भन्नुभयो, ‘यो सदन देश निर्माण गर्न छलफल गर्ने ठाउँ हो कि एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थल हो ? एकले अर्कालाई जोगाइरहने, काण्डैकाण्ड गरिरहने अनि देश डुबाइरहने ?’

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • कबिता केदेम लिम्बु

    May 14, 2023, 5:21 p.m.

    भ्रस्ट्चारी को सृमती भ्रस्टचारी भन्दा ठूलो भ्रस्ट्चारी हो र भ्रस्ट्चारी लाई जोगाउन खोज्नु ज्यान्मार्नु भन्दा ठूलो अपराध हो

  •  0 Reply

तपाईको प्रतिक्रिया