पर्यटकले भरिए खुम्बु क्षेत्रका हाेटल, बास बस्ने ठाउँकाे अभाव

 वैशाख २६, २०८० मंगलबार २०:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका पर्यटकका कारण होटलहरू भरिभराउ भएका छन् ।

वसन्त र शरद गरी दुई ऋतुमा पर्यटकीय सिजन मानिने खुम्बुमा वसन्त ऋतुमा पर्वतारोहीको आगमन बढी हुन्छ । यस वर्ष सगरमाथासहितका हिमाल आरोहीको सङ्ख्या बढेकोले खुम्बुमा होटलहरू पनि भरिभराउ भएका हुन् ।

सगरमाथा आधार शिविर जाने बाटोमा होटल, लजहरू रहे पनि लोबुचे र गोरक्सेप क्षेत्रमा ठाउँको अभाव रहेको पर्यटक भरिया मिलन राईले बताउनुभयो । पदयात्री तथा पर्वतारोहीसँगै उनीहरूका पथप्रदर्शक तथा भरियाहरूको सङ्ख्या धेरै हुने भएकाले बासको व्यवस्थापनका कठिन हुने होटल व्यवसायीहरू बताउँछन् ।

कोरोना महामारीका कारण अघिल्ला दुई/तीन वर्षमा कम पर्यटक गएका थिए । यस वर्ष भने पर्यटककाे सङ्ख्या बढेकाे हाे । विशेषगरी भरियाहरूले बढी खाने, बस्ने ठाउँको समस्या झेल्नुपरेको छ । पर्यटक भरिया मिलन राईले पोटर (भरिया) हाउसमा मान्छे नअटेर तीन/चार घण्टा हिँडेर तल आएर बास बस्नुपर्ने अवस्था रहेको गुनासाे गर्नुभयाे ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया