सिराहामा बस दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे
असोज १४, २०८० आइतबार
गुल्मी - गुल्मीको रेसुङ्गा विमानस्थलबाट आज शुक्रवारदेखि व्यावसायिक उडान सुरु भएको छ । नेपाल वायुसेवा निगमको डीएचसी–६ ट्वीनअटर जहाजले आज बिहानदेखि व्यावसायिक उडान सुरु गरेको हो ।
आज बिहान साढे ६ बजे काठमाण्डौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेकाे निगमको डीएचसी–६ ट्वीनअटर जहाज बिहान साढे सात बजे रेसुङ्गा विमानस्थलमा सफल अवतरण भएकाे हाे ।
नियमित उडान भरेर पहिलो पटक रेसुङ्गा विमानस्थल आइपुगेका यात्रुहरुलाई रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले स्वागत गर्नु भएको थियो । अहिले प्रति यात्रु छ हजार पाँच सय रुपैयाँ भाडा दर तय गरिएकाे छ ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आजदेखि सुरु भएको नियमित उडानपछि जहाज चढ्ने वर्षौँदेखिको गुल्मेलीको सपना पूरा भएको बताउनु भएको छ । उहाँले यात्रुहरुको सङ्ख्याको आधारमा उडानलाई हप्तामा दुई पटकसम्म सञ्चालन गरिने जानकारी दिनुभयाे ।
रेसुङ्गा विमानस्थलमा यसअघि तीन पटकसम्म परीक्षण उडान गरिएकाे थियो । विमानस्थल निर्माणकाे काम १७ वर्षमा सम्पन्न भएकाे हाे । कुल ३५ करोड रुपैयाँ लागतमा सम्पन्न भएको याे विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । उडान सुरु भएपछि गुल्मीका नागरिक खुसी भएका छन् ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
madhu panthi
May 12, 2023, 12:47 p.m.आज को मिति देखि न्युज र अखबार मा मात्र उडान नहोस/ रेगुलर फ्लाईट होस सफल र सुरछित होस मेरो शुभकामना 🌹धन्यवाद