चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
ललितपुरको विशंखुनारायणका ६५ वर्षीय शिवराम कार्की मामाको अन्त्येष्टिका लागि अरु आफन्तसँगै पशुपति आर्यघाटमा मलामी आउनु भएको छ । आर्यघाट पुगेको करिब ४५ मिनेटमा बल्ल अन्त्येष्टिको पालो आयो ।
शव जलाउन थालेपछि आएको धुवाँको मुस्लोबाट जोगिन कार्की अलि वर आएर बस्नुभयो । हत्केलाले निधारको घाम छेक्दै र मुखको मास्क मिलाउँदै कार्कीले भन्नुभयो, ‘जनसङ्ख्या बढेर होला अहिले त आर्यघाटमा पनि पालो कुर्नुपर्ने भयो । अचम्म छ । हाम्रो पालामा यसरी सबैलाई पशुपतिमा ल्याउँदैनथिए । टाढादेखि बोकेर ल्याउन पनि गाह्रो हुन्थ्यो । अहिले पो शववाहन भयो । सबैले यहीँ ल्याउँछन् । त्यही भएर पनि यहाँ भिड भएको हो कि ।’
आर्यघाटमा शवदाहका लागि पालो कुर्नुपर्ने अवस्था रहँदा अलि पर रहेको विद्युतीय शवदाह गृह भने खाली छ । २०७२ साल माघदेखि सञ्चालनमा आएको विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि पालो कुर्नुपर्दैन । तर दाउरामा शवदाह गर्नेहरु उता जान मन गर्दैनन् ।
‘शायद परम्परादेखि यस्तै गरी दाउरामा जलाएको भएर होला,’ कार्की भन्नुहुन्छ, ‘यसमा हाम्रो परम्परा, संस्कार, संस्कृति सबै जोडिएको छ । यसकारण हामीलाई पनि उता बिजुलीतिर शव जलाउन मन लाग्दैन ।’
हिन्दू धर्मशास्त्र अनुसार मानव शरीरलाई पञ्च तत्त्वबाट बनेको मानिन्छ । पृथ्वी, जल, अग्नि, वायु तथा आकाशलाई पञ्च तत्त्व मानिन्छ । मृत व्यक्तिको शरीरलाई जलाएपछि शरीर यी पाँच तत्त्वमा विलीन हुन्छ र आत्माले मुक्ति पाउँछ भन्ने मान्यता छ । यसकारण हिन्दू धर्ममा शवलाई जलाउने गरिन्छ । साथै शवदाह पूरा भएपछि मृतकको अस्तुलाई कुनै पवित्र नदीमा गाड्ने वा बगाउने गर्दा पनि मृत व्यक्तिले मुक्ति पाउँछ भन्ने मान्यता छ । यसकारण आर्यघाटमा दाहसंस्कार गरिसकेपछि मृत व्यक्तिको अस्तुलाई बाग्मतीमा बगाउने गरिन्छ ।
विद्युतीय शवदाह गृहमा शवदाह गर्दा पनि अस्तु दिने गरेको बताउनुहुन्छ, पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी । ‘हामी दाउरामा जलाए जस्तै विद्युतीय शवदाह गृहमा जलाउँदा पनि अस्तु दिने गर्छौँ । उही प्रकृया अनि संस्कार गरेर दाहसंस्कार गर्न पाइन्छ,’ उहाँ भन्नुहुन्छ, ‘वातावरण प्रदुषण, शुल्क आदिका हिसाबमा पनि विद्युतीय शवदाह गृह सस्तो छ । अब त हामी निःशुल्क बनाउँदैछौँ ।’
रामेछाप उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका सिजन तामाङ नातामा आफ्नो दाइ पर्ने आफन्तको निधन भएपछि अन्त्येष्टिको लागि विद्युतीय शव दाहगृह पशुपतिमा हुनुहुन्छ । पहिले आर्यघाटमा धेरै पटक मलामी गए पनि यता भने पहिलो पटक आएको उहाँले बताउनु भयो ।
उहाँ भन्नुहुन्छ, ‘उता पनि धेरै पटक मलाम गएको हो । उता मान्छे पनि धेरै हुन्छन् । रुने, कराउने पनि धेरै गर्छन् । यता त्यस्तो हुँदैन । खर्च पनि थोरै छ ।’ विद्युतीय शव दाह गृहमा मलामीहरुको त्यति भिड देखिँँदैन । साथै शव दाह पनि छिटो हुने भएकोले धेरै कुर्नु पर्ने पनि हुँदैन ।
आर्यघाटमा दाउरामा शवको दाहसंस्कार गर्दा १५ हजार रुपैयाँ लाग्छ भने समय पनि झण्डै तीनदेखि चार घण्टा लाग्छ । जबकि विद्युतीय शवदाह गृहमा भने ४ हजार रुपैयाँ र समय ४५ देखि ५० मिनेट लाग्छ । वातावरणमा हुने प्रदुषण अनि लाग्ने खर्च साथै समय पनि कम लाग्ने भएका कारण कोषले विद्युतीय शव दाहगृहको निर्माण गरेको हो ।
अब पशुपति क्षेत्र विकास कोषले विद्युतीय शव दाहगृहमा निःशुल्क शवदाहको व्यवस्था गर्दैछ । आधिकारिक निर्णय नभए पनि प्रस्तावकोरुपमा बैठकमा प्रस्तुत भएको र छिटै निर्णय हुने पनि कोषले जनाएको छ । निःशुल्क भएपछि विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्नेहरुको संख्या बढ्ने कोषको विश्वास छ ।
विद्युत् प्राधिकरणले शवदाह गर्दा लाग्ने विद्युत् निःशुल्क गर्ने भएपछि कोषले विद्युतीय शवदाहलाई निःशुल्क गर्न लागेको हो । कोष नाफामूलक संस्था नभएकोले पनि प्राधिकरणको निर्णयपछि कोष निःशुल्क शवदाह गर्ने प्रारम्भिक निर्णयमा पुगेको हो ।
अहिले सामान्यतया आर्यघाटमा दैनिक ३०/३५ वटा शवदाहका लागि आउने गरेको छ भने विद्युतीय शवदाह गृहमा ५/७ वटा जति शव आउने गरेको कोषले जनाएको छ । तीनवटा विद्युतीय शवदाह गृह रहेकोमा अरु दुई वटा बिग्रिएर थन्किएका कारण अहिले एउटा मात्र चालु अवस्थामा छ । कोषले थप ४ वटा नयाँ मेसिन ल्याउने तयारी गरिरहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
दाउरामा शव जलाउनेको संख्या अहिले धेरै देखिए पनि बिस्तारै विद्युतीय शवदाह गृहको प्रयोग हुने कोषको विश्वास छ । प्रवक्ता अधिकारी भन्नुहुन्छ, ‘हाम्रा शवदाह अगाडिका केही संस्कार र पुरानो मान्यताका कारण दाउरामा जलाउनेको संख्या अलि धेरै देखिएको हो । तर, अब बिस्तारै यता पनि संख्या बढ्न थालेको छ । निःशुल्कको प्रकृया पनि अगाडि बढेकोले अब झन चाप बढ्ने देखिन्छ । अब अरु ४ वटा मेसिन ल्याउँदा झनै संख्या बढ्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।
प्रकाश भट्टराई
May 14, 2023, 6:32 p.m.यहा लेखिए अनुसार (दाउरा) चितामा जसरिनै दाहसंकार गरिन्छ भनियाे हाे म पनि दुबै तर्फ बिद्युतशव गृह र आर्यघाट मलामि गएकाे छु। मैले त्यहा फरक पाँए बिद्युत शवगृहमा आफ्नाे रित संकार अनुसार दागबत्ती दिई सकेपछि मलामि ,परिवार ,पुत्र सबैजनलाई बाहिर निस्किए पछि बिद्युतमसिनमा शवलाई छिराउने बेलामा त्यहाका (जल्लाद ) शवजलाउने मानिसले लापरबाहि गर्ने शवलाई नाघ्ने , पाखुरामा अन्यधर्मकाे ट्याटु आकृती,वा बिधर्मि हरु द्वारा जलाईनुले पनि आकर्षण नभकाे हुन सक्छ। घाटमा ब्राम्मण द्वाराजलाउन पाउने वा आफै ले जलाउन पाउने सैभन्दा महत्वपुर्ण कुरा यहि हाे । आफ्नाे परिवारका काेहि सदस्य परलाेक हुदा काेहि कसैले नछाेई घाटमा लगेर ब्रम्हनालमा राखि बिधिपुर्बक संकार सकि चितामा लगेर दागबत्तिदिई ,अर्ध चितापिण्डदिई , अस्तु नदिमा सेलाई , चिता पखालि पुन जलाएकै ठाउँमा चितापिण्ड दिई नुहाई काेरा बार्ने तबपाे हिन्दुसंकार ,संकृति, रिति, रिवाज तबमात्र हिन्दु धर्म । जलाउनेत जलाउनैहाे हताराेर हतार, तरिकार र दाहसंकार मा फरकछ सर। जय देश, जय जननि