पोखरामा क्रेनकाे ठक्करबाट एक महिलाको ज्यान गयाे

 बैशाख २९, २०८० शुक्रबार १३:५७:५९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरामा क्रेनले ठक्कर दिँदा एक महिलाको ज्यान गएकाे छ । बिहीवार हिजाे दिउँसो क्रेनकाे ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाचोकी ३८ वर्षीया धना अधिकारीको ज्यान गएकाे हाे । 

पोखरा ५ मालेपाटनमा रहेकाे विद्युत् कार्यालय अगाडिको सडकबाट बाटो पार  गर्ने क्रममा उहाँलाई क्रेनले ठक्कर दिएको थियो । अधिकारीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज ज्यान गएकाे हाे । 

मृतक अधिकारीका आफन्तले आज झण्डै ३ घण्टा पृथ्वीचोक-महेन्द्रपुल सडक अवरुद्ध पारेका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया