एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले घाम लागेको छ । अहिले बिहान घाम लागे पनि दिउँसो पछि भने मौसम बदली भइ हावाहुरीसहित धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजर लामिछानेले जानकारी दिनुभयो ।
हिजो पनि दिउँसो पछि मौसम बदली भइ धेरैजसो ठाउँमा हावाहुरी लागेको थियो । काठमाण्डौ उपत्यकासहित एक/दुई ठाउँमा पानी पनि परेको थियो । तर, रातिदेखि मौसम सुधार हुँदै अहिले बिहान घाम लागेको हो।
दिउँसो पछि फेरि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली भइ हावाहुरीसहित पानी पर्ने मौसमविद् लामिछानेले बताउनुभयो । विशेषगरी आज र भोलि पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो पछि पानी पर्ने सम्भावना छ । तराईका जिल्लामा भने खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
हावाहुरी भने धेरैजसो ठाउँमा लाग्ने अनुमान छ । मौसमविद् रोजर लामिछानेका अनुसार नेपालमा मोखा नामक चक्रवातको असर परेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।