दशैँ, तिहारको खुशीयाली : नेट, टिभी र राउटर यसपालि
असोज १४, २०८० आइतबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताउनुभएको छ ।
मङ्गलवार सङ्घीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा उहाँले आफूले मन्त्रीको रूपमा यस्ताे अनुभूति गरेको बताउनुभएको हो । मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेसकाे मान्छे’ जस्तो भएर बस्नुपरेको गुनासोसमेत गर्नुभयो । पर्यटन क्षेत्रमा धैर ऐन बदल्नुपर्ने आवश्यकता भएको उल्लेख गर्दै त्यसमा सहयोग गर्न सङ्घीय संसद् र सांसदहरूलाई उहाँकाे आग्रह छ ।
उहाँले भन्नुभयो, ‘यहाँ अरूले नै संसद् चलाउँदो रहेछ । हामी त डमीमात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेसको मान्छेमात्रै रहेछौँ । मलाई लागेको कुरा यो हो । हामीले पर्यटनको क्षेत्रमा धेरै ऐन बदल्नु छ । संसदमा सांसदहरूले बोलिदिनुपर्याे । अनिमात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ ।’
मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषदबाट पास गराएर संसदमा पेस गर्ने उल्लेख गर्दै त्यसलाई छिटो पास गरिदिन पनि सांसदहरूको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थल आवश्यक नभएको तर्क पनि गर्नुभयो ।